दफा ३५०
अन्य गुठी सम्बन्धी व्यवस्था

(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो संहिता प्रारम्भ हुनुभन्दा अघि नै तत्काल प्रचलित कानूनबमोजिम संस्थापना भई सञ्चालन हुँदै आएका गुठीलाई यस परिच्छेदका कुनै कुराले असर पार्ने छैन र त्यस्तो गुठीसंस्थापना गर्ने दानपत्र, शिलापत्र, संस्थापनापत्र वा अन्य कुनै लिखतमा लेखिए बमोजिम वा रीत, परम्परा वा अभ्यासबमोजिम गुठी सञ्चालन गर्न सकिनेछ । तर त्यस्तो गुठी यो संहिता प्रारम्भ भएको तीन वर्षभित्र यस संहिता बमोजिम दर्ता गरीवा त्यस्तो गुठी सञ्चालन हँुदै आएको जानकारी पञ्जिकाधिकारीलाई गराई अभिलेख राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको गुठी जुन उद्देश्य र प्रयोजनका लागि संस्थापना भएको थियो सोही उद्देश्य र प्रयोजनका लागिपूर्ववत रूपमा व्यवस्थापन र सञ्चालन गर्नु पर्नेछ र सोही बमोजिमको उद्देश्य र प्रयोजन पूरा गरी बाँकी रहेकोसम्पत्ति वा आम्दानी भोग चलन गर्न वा धितो बन्धक राख्न सकिनेछ ।
(३) उपदफा (१) बमोजिम संस्थापना भएका गुठीको उद्देश्य र प्रयोजनमा प्रतिकूल असर नपर्ने गरी गुठीको सम्पत्ति खरिदबिक्रि गर्न सकिनेछ ।
(४) उपदफा (३) बमोजिम खरिद गरि लिने व्यक्तिले जुन प्रयोजनका लागि गुठी संस्थापना भएको हो सोही उद्देश्य र प्रयोजनकानिमित्त सम्पत्ति प्रयोग गर्नु पर्नेछ ।
(५) सरकारी जग्गा प्राप्त गरी कुनै खास प्रयोजनका लागि उपदफा (१) बमोजिमको गुठी संस्थापना वा सञ्चालन गरेको भएत्यस्तो जग्गा जुन प्रयोजनका लागि गुठी सञ्चालन भएको थियो त्यस्तो उद्देश्य र प्रयोजन पूरा गर्न प्रयोग गर्नुपर्नेछ र त्यस्तो जग्गा गुठी राख्ने वा निजका सन्तान वा हकवालाले भोगचलन गर्न पाउने छैन ।
(६) उपदफा (५) बमोजिमको व्यक्तिले त्यस्तो गुठीको उद्देश्य र प्रयोजन पूरा नगरेमा जुन व्यक्तिले त्यस्तो उद्देश्य रप्रयोजन पूरा गरेको छ सोही व्यक्तिले त्यस्तो जग्गा भोग चलन गर्न पाउनेछ ।
(७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै लिखत नभई उपदफा (१) बमोजिमको गुठी कसैले निरन्तर रूपमासोह्र वर्ष वा सोभन्दा बढी अवधि देखि सञ्चालन गर्दै आएको रहेछ भने त्यस्तोगुठीको उद्देश्य र प्रयोजन पूरा गरीत्यसको सम्पत्ति निजले भोग चलन गर्न सक्नेछ ।
(८) यस दफामा लेखिएको बाहेकका अन्य कुराहरू गुठी संस्थापना पत्र, शिलापत्र, दानपत्रमा लेखिए बमोजिम वा त्यस्तो गुठीसञ्चालन सम्बन्धी परम्परा र अभ्यास बमोजिम हुनेछ ।